दफा ५१
तोकिएको विवरण वा कागजात दाखिला नगर्ने
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरु बमोजिम नियन्त्रक वा प्रमाणीकरण गर्ने निकाय समक्ष कुनै विवरण, कागजात वा प्रतिवेदन दाखिला गर्नु पर्ने जिम्मेवारी भएको व्यक्तिले तोकिएको म्यादभित्र त्यस्तो विवरण, कागजात वा प्रतिवेदन दाखिला नगरेमा निजलाई पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
(२) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरु बमोजिम रीतपूर्वक सुरक्षितसाथ राख्नु पर्ने कुनै किताब, रजिष्टर, स्रेस्ता, लेखा आदि सुरक्षित तथा रीतपूर्वक नराख्ने व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।